प्रतिगमन भन्ने प्रचण्डलाई ओलीको जवाफ- डेमोक्रेसी र बहुदलीय प्रणाली पनि हामीले नै ल्याएका हौं

प्रतिगमन भन्ने प्रचण्डलाई ओलीको जवाफ- डेमोक्रेसी र बहुदलीय प्रणाली पनि हामीले नै ल्याएका हौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा डेमोक्रेसी र बहुदलीय प्रणाली आफूहरूले नै ल्याएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार सांसदहरूसँगको सबाल जवाफमा प्रधानमन्त्री ओलीले अहिले सरकारमा रहेका दलहरूले नै लोकतन्त्र र बहुदलीय प्रणाली ल्याएको स्पष्ट पारे।

संविधान संशोधनको विषयलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले फैलाएको 'प्रतिगमन'को प्रधानमन्त्री ओलीले कडा प्रतिवाद गरे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै संविधान संशोधनलाई प्रतिगमन भनेर भ्रम फैलाइएको बताए।

'संविधान संशोधन गर्न नसकिने दस्तावेज होइन। वर्तमान संविधान प्रयोग गर्दै जाँदा जनताका आकांक्षालाई राजनीतिक दलको सहमतिमा संविधान संशोधन गर्न सकिन्छ। तर, त्यसलाई गलत प्रचार गरिएको छ। प्रतिगमनतिर लग्यो भनिएको छ। अहिले सरकारमा रहेका दलहरूले नै देशमा डेमोक्रेसी र बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेका छन्,' प्रधानमन्त्री ओलीले भने।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई क्षणिक प्रचारबाजी नबनाएको स्पष्ट पारे। 'भ्रष्टाचारीलाई कानुनसंगत कारबाही गर्नुपर्छ भनेका हौं। भ्रष्टाचारीविरुद्ध कठोररूपमा उत्रिन सम्बन्धित सबै निकायलाई समन्वय गर्न पनि भनेका छौं। यसलाई क्षणिक प्रचारबाजी गरेका छैनौं,' प्रधानमन्त्री ओलीले भने।

नेपालको राजनीति, अर्थनीति र विकासलाई अगाडि बढाउने र कानुनी राज्य स्थापित गर्ने सबालमा सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले ठूलो भूमिका खेलेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.