मेलामा कुटपिट हुँदा एक युवा गम्भीर घाइते

मेलामा कुटपिट हुँदा एक युवा गम्भीर घाइते

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुवाडी ढाँडमा आयोजित मेलामा कुटपिट हुँदा एक जना गम्भीर घाइते भएका छन्। कालीबराह युथ क्लबले जनैपूर्णिमा पर्वको अवसरमा आयोजित मेलाको खेलकुद प्रतियोगितामा सहभागी भएका रघुगंगा–८ को साहरा स्पोर्ट्स क्लबका खेलाडी २६ वर्षीय दुर्गाबहादुर छन्त्यालमाथि कुटपिट भएको हो।

खाना खान होटलमा गएका दुर्गाबहादुरलाई प्रकाश छन्त्याल, रुपेश छन्त्याल, निर छन्त्याल, केशव छन्त्यालसहितको ६/७ जनाको समूहले धारिलो हतियार प्रहार र कुटपिट गरेर गम्भीर घाइते बनाएका दुर्गाबहादुरका दाजु युवराज छन्त्यालले बताए।

उनका अनुसार टाउको र आँखामा चोट लागेर घाइते भएका दुर्गाबहादुरलाई बेनी अस्पतालले सिफर गरेपछि उपचारका लागि बिहीबार पोखराको गण्डकी अस्पतालको आईसीयुमा राखिएको छ। पीडितको तर्फबाट युवराजले ४ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालयमा लिखित किटानी जाहेरी सहितको निवेदन बुझाएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले दुर्गाबहादुरको तर्फबाट घटनाको विषयमा जानकारी आएको र पीडक पक्षलाई छलफलमा बोलाएको बताए। कुटपिटको आरोप लागेका प्रकाश छन्त्यालले दुर्गाबहादुरले आफूमाथि आक्रमण गरेकाले प्रतिकार गर्दा असहज वातावरण सिर्जना भएको प्रतिक्रिया दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.