बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताले लिए शपथ

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताले लिए शपथ

हेटौंडा : बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता सुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई प्रदेश प्रमुखको कार्यालय हेटौंडामा बुधबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शपथ कार्यक्रलममा मुख्यमन्त्री बहादुर सिं लामा, मन्त्रीहरू, प्रदेश सरकारका सचिवहरू लगायतको उपस्थिति थियो। दोलखाको तामाकोशी गाउँपालिका–३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए। नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।

काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लिला कोइरालाको सल्लाहकारसमेत भएर काम गरिसकेका छन्। उनले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायीका रूपमा काम गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.