दुप्चेश्वरमा एक महिनामै १२ लाख भेटी

दुप्चेश्वरमा एक महिनामै १२ लाख भेटी

नुवाकोट : पशुपतिनाथको पर्यायका रुपमा पुजिँदै आएको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा दैनिक हजारौं भक्तजन दर्शनका लागि पुगिरहेका छन्। दुप्चेश्वरमा साउन एक महिनामा मात्र १२ लाख ८३ हजार १ सय ७१ रुपैयाँ संकलन भएको छ।

साउन एक महिनामा भक्तजनहरुले सात लाख ८० हजार चार सय ३० चढाएको भेटी र सन्ध्या आरतीका लागि भक्तजनले चढाएका पाँच लाख दुई हजार सात सय ४१ गरी झण्डै १३ लाख  रुपैयाँ कुल भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। साउनको अन्तिम सोमवार अर्थात् मात्र दुप्चेश्वरमा भक्तजनहरुले दुईलाख २५ हजार ६ सय ४० रुपैया भेटी चढाएका थिए। 

दुप्चेश्वर गाउँपालिका–६ करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा गत वैशाख १ गतेदेखि दैनिक रुपमा भक्तजनहरुले चढाएको भेटी गणना गरिँदै आएको छ। साउन महिनामा मात्र दुप्चेश्वरमा १२ लाख रुपैया भेटी संकलन भएको छ। साउन महिना शिवको महिना मानिने भएकाले अन्य महिनाका तुलनामा दर्शनार्थी बढेको मन्दिरका पुजारी भगवानहरि धितालको भनाइ छ। 

मन्दिरमा गत वैशाखदेखि असार मसान्तसम्म १० लाख ५८ हजार ५ सय ८७ रुपैयाँ संकलन भएको थियो। सो रकम र साउनमा संकलित १२ लाख ८३ हजार १ सय ७१ रुपैयाँसमेत गरि चार महिनामा २३ लाख ४१ हजार सात सय ५८ रुपैया  संकलन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.