चितवनको सत्रकिलोमा गुड्दै गरेको बसमाथि ढुंगा खस्यो, अनियन्त्रित भएर १९ जना घाइते

चितवनको सत्रकिलोमा गुड्दै गरेको बसमाथि ढुंगा खस्यो, अनियन्त्रित भएर १९ जना घाइते
तस्बिर : अन्नपूर्ण

चितवन : चितवन भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित मुग्लिङ सडक खण्डमा गुडिरहेको बसमाथि ढुंगा खसेको छ। एक्कासी ढुंगा खसेपछि बस अनियन्त्रित्र भएर सडकमा  पल्टिदा  १९ जना यात्रु घाइते भएका छन्। तनहुँको आँबुखैरेनीमा बस दुर्घटनाको उद्धार नसकिदै चितवनमा अर्को बस दुर्घटना भएको हो।

रौतहटको गौरबाट पोखराका लागि जाँदै  गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर १९ जना घाइते भएको  चितवन प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। सडकमै बस पल्टिएपछि सवारी आवागमन अवरुद्ध भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.