यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरू
काठमाडौं : सरकारले सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।
भदौ ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बोर्डको रिक्त सदस्य सचिव पदमा खगराज खड्का, रूपन्देहीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।
बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तको पालना गर्ने गरि हटाउने निर्णय गरेको छ भने विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।
बैठकले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिवब ५ विघा जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए। त्यस्तै बैठकले काठमाडौं तराई मधेस द्रूतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९ सय ७५ वर्ग मिटर जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरेको छ।