हिमपहिरोले थुनिएको नदीमा पानी बग्न थाल्यो

हिमपहिरोले थुनिएको नदीमा पानी बग्न थाल्यो

जोमसोम : मुस्ताङको थासाङस्थित बोक्सी खोला माथि छिप्लुङमा हिमपहिरोले थुनिएको खोला सामान्य अवस्थामा फर्किन थालेको छ। शुक्रबार दिउँसो करिब १२ बजेदेखि हिमपहिरो गएपछि बोक्सामा पानीको सतह सुकेर ९० प्रतिशत घटेको थियो। हिमपहिरो थुनिएकाले बोक्सी खोला आसपास क्षेत्रका करिब ९ घरधुरी उच्च जोखिममा परेका थिए।

शुक्रबार दिउँसो धौलागिरि क्षेत्रको पानापाथी हिमालको फेदबाट हिमनदी फुटेर थासाङको बोक्सी खोला माथिको लेकमा जमेर करिब ५ घण्टा नदी थुनिएको थियो। 

बोक्सी खोला माथिको लेकमा हिमपहिरो थुनिएको सूचनापछि प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली त्यस क्षेत्रमा पुगेको थियो। प्रशासन र सुरक्षाकर्मीले हिमपहिरोका कारण हुने सम्भावित जोखिम न्यूनीकरण गर्न बोक्सी खोला आसपासका जेष्ठ नागरिक र बालबालिकालाई अन्य स्थानमा स्थानान्तरण गरेको थियो। तर, बस्तीका अन्य र भौतिक सम्पत्तिलाई यथास्थानमा राखेर सुरक्षाकर्मीले निगरानी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले हिमपहिरोले थुनिएको बोक्सी खोला पुन लयमा फर्किन थालेको जानकारी दिए। हिमपहिरो बोक्सी खोल थुनिएर तटीय बस्ती जोखिममा परेका थिए, डीएसपी पाण्डेयले भने, ‘अहिले बोक्सी खोलामा पानीको सतह बिस्तारै बहन थालेको छ।’

डीएसपी पाण्डेले हिमनदी एकैसाथ फुटेको भए जोखिम हुने थियो तर हिमनदी विस्तारै पग्लिँदै पानी बहन थालेकाले सम्भावित जोखिम टरेको उल्लेख गरे। शुक्रबार धौलागिरी हिमालको मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरो छिप्लुङसम्म पुगेर थुनिएको थियो। थासाङको उक्त क्षेत्रमा २०७८ सालमा पनि हिमपहिरो जाँदा स्कुल विद्यार्थी र स्थानीय नागरिक हाताहाती भएका थिए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण जमिनको तापक्रम वृद्धि हुँदा हिमालको हिउँ र हिमनदी फुट्ने जोखिमले कालीगण्डकी नदीको तटीय क्षेत्रका बस्ती जोखिममा पर्न थालेका हुन्। मुस्ताङमा हिमपहिरो र कालीगण्डकी नदीको उकास बर्सेनि वृद्धि हुँदा यहाँका धेरैजसो बस्ती प्राकृतिक जोखिम पर्ने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.