सहकारी समितिले रवि लामिछानेसँग लियो बयान

सहकारी समितिले रवि लामिछानेसँग लियो बयान

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ। 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयानका लागि बोलाएको हो। गोर्खा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ। 

यही विषयलाई लिएर केही महिनाअघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो। गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट रकम सारिएको आरोप छ।

त्यस्तै समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका सञ्चालक छबिलाल जोशीसँग पनि बयान लिएको थियो। सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो। समितिको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिँदैछ। उक्त समयअवधिभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.