तिमी जेसुकै भन
जिन्दगीको हिसाब
यात्रा, अलिकति विशृंखल नभए
मन, अलिकति उशृंखल नभए
जिन्दगीमा पनि मजा नै हुँदैन ।
कहिलेकाहीँ त छालहरूले पनि
बगरलाई चुम्बन गरेर जान्छन बाढी आउँदा नदीहरूले पनि
किनारालाई अँगालो मारेर बग्छन हुरी नचलेसम्म त हावाको पनि
अस्तित्व महसुस हुँदैन
अलिकति संघर्ष, मिलाप र स्पर्श नभए
जिन्दगीमा पनि मजा नै हुँदैन ।
सुन्दर गहना बनाउँदा
सुनको पनि जड््ती जान्छ
कविता लेख्दा लेख्दै
अक्षरहरू केरमेट हुन्छन कहिलेकाहीँ भूल हुन्छ
तर त्यहीँ भुल भुल्न सकिँदैन
अलिकति यताउति नपोखिए
दायाँबायाँ नठोक्किए
जिन्दगीमा पनि मजा नै हुँदैन ।
‘जे भयो ठिकै भयो’
‘जे हुन्छ ठिकै हुन्छ’
थाहा हुँदैन के हुन्छ
हुने कुरा नियमित हुन्छ
केही नहुनु जस्तो नमज्जा
अरू केही हुँदैन
केही उताव–चढाव
केही हर्ष, केही तनाव नभए
जिन्दगीको पनि मजा नै हुँदैन ।
- विसुकुमार केसी