सम्पादकमण्डलका विद्वान् प्रा.,प्रा.डा. तथा प्रा.प्रा.डा. हे२ले शब्दको वर्णविन्यासमा विवृmति नघुसाएको भए ममा वर्णविन्यासप्रतिको जागरण कसरी आउँथ्योहोला र ?
म सानो (८ वर्ष) छँदै पण्डित भवानीप्रसाद निरौला तथा पं. नारायणप्रसाद निरौला दाजुभाइले ब्रह्मचारी पाठशाला नामको, बारीका पाटाको कटेरामा काठेपाटीमा माटाको धूलो फिँजाएर बासको छेस्को हातका औंलाले च्याप्न लगाएर क, ख, ग, घ, ङ... गर्दै वहाँकै हातले मेरो हात समातेर घुमाउँदै अक्षरारम्भ गराइदिनुभयो । एक महिनापछि म आफ्नो नाम चुडामणि गौतम लेख्न जान्ने भएँ । पछि गुरुले शुद्ध नाम ता यस्तो पो हुन्छ त भनेर चूडामणि गौतम लेख्न लगाउनुभयो ।
मलाई त्यसै दिनदेखि शुद्ध र अशुद्ध जान्नुपर्ने रहेछ भन्ने बालसुलभ आभास हुन थाल्यो । गुरुले पहिले क अक्षरदेखि ज्ञ अक्षरतक ३६ वटा अक्षर (अर्थात् व्यञ्जन वर्ण) सिकाउनुभयो । अनि मात्र १६ वटा स्वर वर्ण सिकाउनुभो । यसरी त्यस बेलाको ठूलो वर्णमालाका ५२ वटा अक्षर चिनाइदिनुभयो । त्यति भएपछि सुरुमा सप्तशती चण्डी यसरी पढ्नुपर्छ भन्ने सिकाइदिनुभयो । त्यसो गर्नुको कारण भने संयुक्त अक्षर फुटाएर उच्चारण गर्न सिकाउनु रहेछ । हामी सात जना विद्यार्थी थियौं । हामीलाई पाँच–पाँचवटा श्लोक कण्ठस्थ पारेर आउन भन्नुभयो । भोलिपल्टै सबैले पाठ बुझायौं । यसरी पढ्दै गयौं र दुई महिनामा चण्डी समाप्त गर्यौं ।
मेरो सबैभन्दा पहिलो प्रेरणा–स्रोत भनेको नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ हो । यसको वि.सं. २०४० देखि वि.सं. २०७९ सम्मका सम्पादकमण्डलका विद्वान् प्रा.,प्रा.डा. तथा प्रा.प्रा.डा. (प्राज्ञ, प्राध्यापक, डाक्टर) हे२हरूले शब्दको वर्णविन्यासमा विवृmति नघुसाएको भए ममा वर्णविन्यासप्रतिको जागरण कसरी आउँथ्योहोला र ? वहाँहरू पनि मेरो जिन्दगीका अत्युत्तम प्रेरणा–स्रोत भएकाले वहाँहरूप्रति म सदैव वृmतवृmत्य छु ।
वि.सं. २०६७ सम्म नेपाली–अंग्रेजीका साना–ठूला गरेर ५२ वटा पुस्तक प्रकाशित गरिसकेको थिएँ । यसबीच, जब वर्णविन्यासमा भाँडभैलो मच्चाइयो, म पनि ‘नेपाली शब्दको दुर्दशा, फूलको माला क्या मजा !’ नामको पुस्तकमार्फत भाषिक आन्दोलनमा होमिँदै पहिलो पुस्तक लिएर आएँ । ‘वर्णविन्यासघातीहरू कानुनको कठघरामा’ सातौं पुस्तक (सहलेखन) मेरै सम्पादनमा प्रकाशित भयो ।
शब्दकोशबारे विश्वका सम्पादकहरू कसैले पनि आफ्नो मौलिक रचना नभएको तथ्य व्यक्त गरेका छन् । प्रत्येक सम्पादकले कुनै शब्दको अर्थ दिँदा अर्को सम्पादकले आफ्नो शब्दकोशमा राखेकै जस्तो अर्थ दिन्छ । के यसो गर्नुलाई नक्कल गरेको वा हूबहू चोरेको वा सारेको भन्न मिल्छ ?
लन्डनको अक्सफोर्ड विश्वविद्यालयबाट प्रकाशित भएको विश्वविख्यात ‘अक्सफोर्ड अड्भान्स्ड लर्नज डिक्सनरी’ हो । यसका सुरुका सम्पादक ए. एस. हर्नबी थिए । उनले बी.ए. मात्र पढेका थिए । प्रतिभा छ भने कागजी प्रमाणपत्रको के काम ? उनले पनि अर्को सम्पादकले तयार गरेको शब्दकोशकै अर्थ लिएका हुन् । यसलाई चोरेको वा सारेको भन्न मिल्छ ? हुन त म थोरै पढेको सानो मान्छे । यस्ता ठूला विद्वान् हे२ प्रा.प्रा.डा. तपाईंको ख्याति पाताललोकतिर गिर्दै गर्दा तपाईंप्रति करुणा त लाग्छ, तर धरतीमा गरेको दुष्कर्मको फल यसै जुनीमा भोग्नुपरेको देख्नुपर्दा मन ता काटिन्छ नि । बिचरा !
उदाहरणका लागि हेरौं : अंग्रेजी शब्द ‘वाटर’को अर्थ सबैले तिर्खा मार्न, खाना बनाउन, लुगा धुन र नुहाउन प्रयोग गरिने तरल पदार्थ नै हो भन्ने लेखेका छन् । यिनीहरू नेपालका लालबुझक्कड विद्वान् जस्ता प्रा., प्रा.डा. तथा प्रा.प्रा.डा. हुँदैहोइनन् । यति हुँदा पनि तपाईं मेरा सर्वोपरि प्रेरणा–स्रोत हुनुहुन्छ ।
२०६७ देखि २०७९ भाद्र १० गतेसम्म १३ वर्ष अहोरात्र खटेर आपंैmले प्रकाशित गरेको ‘बृहत्तर नेपाली शब्दकोश’ हो । भोलिपल्ट ११ गते ख्यालख्यालमै विमोचन पनि गराइयो । यही शब्दकोश तयार गर्दा वहाँको ‘नेपाली बृहत् शब्दकोश’बाट सबै शब्द चोरें अरे । म सानो मान्छे । धेरै नपढेको व्यक्ति । बुद्धि पनि थोरै भएको बबुरो, म । अल्पबुद्धिको मान्छे । चोर्ने तरिका पनि नजान्ने लाटो, म । जानी–नजानी शब्दहरू टिप्तै गएँ । शब्दकोश जसरी भए पनि तयार गर्नमा अडिग रहें । प्रज्ञाको शब्दकोशबाट कसरी शब्दहरू चोर्ने वा सार्ने हो, त्यतिसम्म थाहा थिएन । आखिर अल्पबुद्धि भनेको गोज्याङ्ग्रो ता हो नि ।
प्रज्ञाको जागिरे जीवन क्षणभङ्गुर छ भन्ने समेत वहाँको मथिङ्लमा रहेनछ । हे प्रा.प्रा.डा., तपाईं नेपालको सर्वोत्तम विद्वान् भए तापनि तपाईंले डाक्टरी गरेको शीर्षकमा सानो शोधग्रन्थ निकालेर समाजमा तपाईंको मात्र भए पनि पुस्तक प्रकाशित गर्न किन नसक्नुभएको होला ? सबै नेपाली–भाषा–प्रयोगकर्ताहरूलाई खपिनसक्ने गरी कुरीकुरी पो लाग्छ ! यो महालज्जाको विषय होइन र ? नकच्चरालाई प्रज्ञाको धाक लगाउँदैमा सेवानिवृत्त तथा द्रव्यनिवृत्त हुँदै २०७९ मंसिरमा प्रज्ञाबाट विवश भएर कुलेलम ठोक्नुपरेको कुरा जगजाहेर छ ।
तेह्रथुम जिल्लाको त्रि–मोहन हाइस्कूल, मूलपानीबाट मैले २०२१ माघमा एसएलसी परीक्षा दिनुपर्ने थियो । प्रज्ञा बृहत्का नयाँ ‘प्रधान सम्पादक’ त्यति बेला अर्वैैm हाइस्कूलका विद्यार्थी भए पनि एक महिना जति मेरै डेरामा बस्ने चाहना राख्नुभयो । जो जानेको सिकाइदिएँ ।
त्यस्तै गति शब्दकोशका दिव्य बाह्रवर्षे दीर्घ जिन्दगीमा कुनै ग्रन्थ लेख्तै–नलेखेका वा सम्पादन गर्दै–नगरेका ज्ञानशून्य तथा अनुभवहीन प्रधान सम्पादकले पनि २०७९ मंसिरमा मनग्य भारी कुम्ल्याएर खुसुक्क सुइँकुच्चा ठोक्नुपर्यो । नेपाली भाषाको मर्म नबुझ्ने यस्ता ठूला मान्छेलाई शर्मले पनि के छोला र ? जे भए पनि वहाँहरू मेरा अपूर्व प्रेरणा–स्रोत हुनुहुन्छ । यस्ता प्रेरकलाई मुरीमुरी धन्यवाद !