मृतककाे शव लिन भारतीय सेनाकाे जहाज चितवनमा

मृतककाे शव लिन भारतीय सेनाकाे जहाज चितवनमा
तस्बिर : अनिल ढकाल

चितवन : तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज आएको हो।

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। मृतकको शव पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा ल्याइएको थियो भने घाइतेहरूलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पठाइएको थियो।

null

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव लैजान भारतीय सेनाको जहाज पठाएको हो। आजमात्रै भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से नेपाल आएकी थिइन्। घटनाबारे बुझ्न र घाइतेहरूलाई भेट्न उनी काठमाडौं आएकी थिइन्।

गृहमन्त्री रमेश लेखकले घटनाबारे राज्यमन्त्री खड्सेलाई ब्रिफिङ गरेका थिए। उनीहरू महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.