भारतीय वायुसेनाको विमानबाट लगियो तनहुँ दुर्घटनाका मृतकको शव

भारतीय वायुसेनाको विमानबाट लगियो तनहुँ दुर्घटनाका मृतकको शव
तस्बिर : अनिल ढकाल

काठमाडौं : तनहुँ जिल्लास्थित आँबुखैरेनी नजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ।

दुर्घटनामा मृत्यु भएका उनीहरूको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो। शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो।

वायुसेनाको विमानमार्फत २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। त्यसअघि भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरू पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.