पहिरो पन्छाएपछि दुईतर्फी  खुल्यो पृथ्वी राजमार्ग

पहिरो पन्छाएपछि दुईतर्फी  खुल्यो पृथ्वी राजमार्ग

धादिङ : पृथ्वी राजमार्ग सुक्खा पहिरो पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक खण्ड ४ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ कोइरालेमा पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो। सडक विभागले पृथ्वी राजमार्गको पहिरो हटाउन राखेका ३ वटा डोजरले राजमार्गमा खसेको ढुंगा र माटो हटाएपछि राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख रविन्द्र कुमार श्रेष्ठले बताए।  

अलपत्र परेका यातायातका साधन यात्रु र मालबाहक सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्। यो वर्षातमा  नौबिसे–मलेखु सडक खण्डमा पटक-पटक पहिरो खस्दा यात्रु प्रभावित हुँदै आएका छन्। सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्ग अवरुद्ध बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.