घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते (नामावली)

घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते (नामावली)

चितवन : नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो। 

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुमध्ये ४ जना महिला रहेका छन् । प्रहरीका अनुसार कन्चनपुरको  भिमदत्त ननगरपालिका १० का चालिस वर्षीया तारा भट्ट ,सोही ठाउँका २० वर्षीय दिपेश भट्ट , वडा नम्बर ८ का ३७ वर्षीय दिल बहादुर सुनार सामान्य , कन्चनपुर नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना , वडा नम्बर ७ का ३४ वर्षीय धरम खड्का , वडा नम्बर ९ का २५ वर्षीय  भिमसेन सार्की ,भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय विनोद सार्की सामान्य घाइते भएका छन् । 

कैलालीको  चिसापानी नगरपालिका ३ की २३ वर्षीया हरिकला थापा,सोही ठाउँका १९ वर्षीय कैलाश वि.क , २७ वर्षीय कृष्ण विक , ३५ वर्षीया जयन्ती बि.क.,गोदावरी नगरपालिका बस्ने ३७ वर्षीय शेर बहादुर विष्ट सामान्य घाइते छन् । 

त्यस्तै बझाङको  बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा , दार्चुलाको  महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम , बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली , डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षीय विपिन न्यौपाने मध्यम छन् ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.