बैकिंङ क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न प्रभावकारी कानुन आवश्यक : अर्थमन्त्री

बैकिंङ क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न प्रभावकारी कानुन आवश्यक : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले बैकिंङ क्षेत्रमा देखापरेका विकृतिलाई नियन्त्रणका लागि प्रभावकारी कानुन बनाउन आवश्यक रहेको बताएका। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा क्रममा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैङ्किङ कसुर र चेक अनादरका घटनाहरू धेरै नै बढ्दै गएकाले विधेयक छिटो पास गरेर बलियो कानुन बनाउनुपर्नेमा जोड दिएका हुन्।

बैंकिङ क्षेत्रको चेक अनादरको समस्या समाधान गर्न यससम्बन्धी कानुनलाई प्रभावकारी बनाउँदै सजायसमेत तोक्ने गरि विधेयक ल्याइएको उनले बताए। बैङ्किङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीलाई समेत सरल,व्यवस्थित, व्यवहारिक बनाउनुपर्ने उनले बताए ।

अर्थमन्त्री पौडेलले सहकारीबाट हुने कारोवारलाई समेत बैंकिङ्ग कारोबार मानि विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए। सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स) को सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । विधेयकमा चेक अनादरलाई बैंकिङ कसुर मान्दै अधिकत दुई वर्षसम्मको कैद सजाय प्रस्ताव गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.