इजरायलमाथि हिजबुल्लाहको आक्रमण, सयौं मिसाइल प्रहार गरेपछि संकटकाल घोषणा

इजरायलमाथि हिजबुल्लाहको आक्रमण, सयौं मिसाइल प्रहार गरेपछि संकटकाल घोषणा

काठमाडौं : लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलको दक्षिणी भूभागमा हिजबुल्लाहले सयौं मिसाइल प्रहार गरेको हो।

इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले प्रहार गरेका रकेट लन्चरलाई विफल बनाएको दाबी गरेको छ। 'करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,' इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए। इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भने, 'हिजबुल्लाहले उत्तरी इजरायलतर्फ सयौं रकेट र युएभी प्रहार गरेको छ।'

हिजबुल्लाहबाट भएको यस आक्रमणलाई इजरायलले ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण भएको जानकारी दिएको छ। यसैबीच लेबनानसँगको बढ्दो तनावका कारण इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ। 

nullइजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका हुन्। यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ। जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन अपील गरिएको छ।

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो। इरानको सम्भावित आक्रमणविरूद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.