जगेर्नाको पर्खाइमा लाखे संस्कृति

जगेर्नाको पर्खाइमा लाखे संस्कृति
भोजपुर सदरमुकाममा लाखे नाच निकाल्न तयार गरिँदै। तस्बिर : प्रदीपचन्द्र राई।

भोजपुर : कुनै बेला ‘लाखे नाच’ हेर्न टाढाटाढाका गाउँबाट मानिस भोजपुर बजार, दाँवाबजार, चम्पेबजार, दिङ्लाबजार आउँथे। लाखेजात्राको प्रमुख मानिएका यी स्थानमा मानिसको बाक्लो घुइँचो लाग्थ्यो। केही दशक अघिसम्म डबलीबजार, टक्सार र भोजपुर सदरमुकाम भनेपछि मानिस कैयौं दिन लगाएर लाखेजात्रा हेर्न आउँथे। पछिल्ला वर्षहरूमा धेरैजसो नेवार समुदाय बसाइँसराइ, विदेश पलायन र पछिल्लो पुस्तामा चासो कमी हुनाले यो जात्राको रौनक क्रमशः सेलाउँदै गयो।

सांस्कृतिक पर्व लाखेनाच र लाखेजात्राको संरक्षण सम्बद्र्धनमा भोजपुरका नेवार समुदाय जुट्न थालेका छन्। लाखेनाच हेर्ने मानिसको भिडभाडले खुट्टा राख्ने ठाउँसम्म नहुने भोजपुरमा पछिल्ला केही वर्षहरूमा लाखेजात्राको रौनक खस्किँदै गएको थियो। विशेषगरी नेवार समुदायको सांस्कृतिक महŒव बोकेको लाखे संस्कृति यहाँका अग्रज बुढापाका नहुनु, स्थानीय अग्रजहरू बसाइँ जानु र युवापुस्तालाई चासो नहुनुले ओझेलमा परेको भोजपुर नगरपालिका—७ का स्थानीय विनम श्रेष्ठ बताउँछन्।

‘हाम्रो लाखे संस्कृति ओझेलमा पर्नुको कारण आफ्नै कमी कमजोरीले हो, चासो नहुनाले हो, संस्कृति संरक्षणप्रति बेवास्ताले हो।’, उनले भने, ‘यसका जगेर्नाका लागि अग्रजहरूको पथप्रदर्शन र अगुवाय तथा पछिल्लो पुस्तामा संरक्षण संवद्र्धन गर्ने कुरामा जागरुक हुन जरुरी देखिन्छ।’ युवा जनशक्तिको कमी र पश्चिमा संस्कृतिको बढ्दो मोहसँगै भोजपुरको नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको रौनक घट्दै गइरहेको छ। युवा पिँढीमा संस्कृति जगेर्नाप्रति चासो कमी हुनाले लाखेजात्रा ओझेलमा परेको हो।

मूलतः दशक लामो सशस्त्र द्वन्द्वले यहाँका कतिपय स्थानीय नेवार समुदाय पलायन हुनु र पछिल्ला पिँढीका युवापुस्ताले चासो नदिएका कारण यो सांस्कृतिक पर्व ओझेलमा पर्दै गएको छ। आफ्नो संस्कृतिलाई जोगाइराख्नुभन्दा पनि आधुनिक चलनचल्तीका संस्कारले पनि लाखे संस्कृतिको चहलपहल घटेको स्थानीय नेवार अग्रजहरू गुनासो गर्छन्। ‘हाम्रा संस्कृति हाम्रा सम्पत्ति हुन्, धरोहर हुन्, यो संस्कृतिलाई निरन्तर अघि बढाउन नयाँ पुस्तामा तालिमसहितका सांस्कृतिक वाद्यवादनको जगेर्ना गर्नुपर्दछ’, भोजपुर टक्सारका स्थानीय प्रेम शाक्य बताउँछन्।

साउनको नागपञ्चमीदेखि श्रीकृष्ण रथयात्रासम्म स्थानीय नेवार समुदायले धूमधामकासाथ लाखेजात्रा निकालिन्छ। नेवारी समुदायको प्रचलित गठेमंगल, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाइँजात्रा, हिलेजात्रा, सैनिकजात्रा निकालिने गरिन्छ। विगतका वर्षमा झैं यो वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत भेषभूषा र चरित्रमा लाखेजात्रा देखाइने गरिएको नेपाल भाषा मंका खलः भोजपुरका प्रतिनिधि गणेश प्रधानले बताए।

लाखेजात्राको महŒवलाई पुस्तान्तरण गर्न लाखे संस्कृतिलाई जगेर्ना गर्न लागि पर्नुपर्ने सरोकारवालाहरू सुनाउँछन्। यसरी लाखेजात्राको रौनक घट्नु एकातिर र आफ्नो परम्परा र संस्कृति जगेर्नामा पनि ध्यान नदिनु अर्कोतिरको कारणले स्थानीय सांस्कृतिक परम्परा धराशायी बन्दै गएको भोजपुर टक्सारका नेवार सस्कृतविद् अम्रिका ताम्राकार सुनाउँछन्। ‘हाम्रा परम्पराको संरक्षण र सम्बद्र्धनमा सम्पूर्ण नेवार समुदायको महŒवपूर्ण भूमिका रहन्छ। संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्‍यो, पश्चिमा शैलीका नाच र वाद्यवादनले मात्रै लाखेनाच हुँदैन। एकजनाले मात्रै संस्कृति जगेर्ना हुँदैन,’ ताम्राकार थप्छन्, ‘परम्परा, संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रवद्र्धन गर्न सकिएमात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.