हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

बागमती : वर्षासँगै खसेको पहिराका कारण आज दिउँसोदेखि हेटौंडा-काठमाडौं जोड्ने दुई सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडौं सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.