सिन्धुलीमा चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

सिन्धुलीमा चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

सिन्धुली : सिन्धुलीमा चट्याङ लाग्दा महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका-३ माढीमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया छलिमाया थिङको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खेतमा धान गोड्दै गरेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।

सोही स्थानमा चट्याङ लाग्दा दुई जना महिला घाइते भएका छन्। घाइते हुनेहरूमा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया लुकुमाया रुम्बा र उनकी १८ वर्षीया छोरी सुशीला रुम्बा रहेका छन्। 

उनीहरूलाई मकवानपुर जिल्लास्थित लामा पोलिक्लिनिकमा उपचारका लागि लगिएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ। घाइतेहरूमा शरीर दुख्ने, कान नसुन्ने समस्या रहेको र अवस्था मध्यम रहेको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.