विवाद भएपछि स्नुकर सञ्चालकको हत्या, शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

विवाद भएपछि स्नुकर सञ्चालकको हत्या, शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौंं : शंखमूलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घर सञ्चालक रूपक बान्तबाको हत्या भएको छ । गए राति उनलाई आफ्नै घरमा हतियार प्रहार भएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई टाउकोमा गम्भीर चोट लागेर सोफामा ढलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको खाजा घरबाट गएराति एक युवक हतारिँदै भागेका थिए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट भइसकेको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएकी थिइन् ।

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोली केही मिनेटमा नै घटनास्थलमा पुगेको थियो । ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनलाई मीनभवनस्थित सिभिल अस्पतालमा पुर्‍याएको थियो । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार स्नुकर सञ्चालक रूपकको स्थायी घर बारा हो । उनले शखमुलमा रहेको आफ्नै घरमा स्नुकर सञ्चालन गरेका थिए । बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशंका प्रहरीको छ ।

स्नुकरमा विवाद भएपछि उनलाई कसैले हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौंंले अनुसन्धान गरिरहेको छ । केही शंकास्पद व्यक्तिहरू प्रहरी नियन्त्रणमा छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.