डडेलधुरामा खोलाले बगाउँदा छात्राको मृत्यु
डडेल्धुरा : डडेलधुरामा खोलामा बगेर छात्राको मृत्यु भएको छ। शुक्रबार बिहान जिल्लाको पर्शुराम नगरपालिका-८ धनुचेकी १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो।
श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्युसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !