भक्तपुरले ल्यायो दुई अर्ब ५५ करोडको बजेट

भक्तपुरले ल्यायो दुई अर्ब ५५ करोडको बजेट

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ ।  भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरिएको हो ।

विनियोजित बजेटको चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको छ ।  बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावना बमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजत गरेको छ ।

nullत्यस्तै नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउन र विशेषज्ञ सेवा विस्तार गर्न यसै आर्थिक वर्षभित्र एम.आर.आई. सेवा र आई.सी.यू. सेवा सञ्चालनको लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमहरूका लागि रु ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले सम्पदा पुनर्निर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कुल  ७ करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रबर्द्धन गर्न कुल ३ करोड ८० लाख, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार, खेलकुद विकास र पूर्वाधार निर्माणमा ३ करोड ७५ लाख, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनः स्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन ४० लाख बजेट विनियोजन गरेको छ । 

 भक्तपुर नगरपालिकाले कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास र बजारीकरण, सहुलियत र अनुदान, प्रांगारिक खेती र वातावरण संरक्षण, संस्थागत सहयोग र अध्ययनलगायतका कार्यक्रमहरुका लागि आवश्यक बजेट विनियोजन गरेको छ । साथै बजेट वक्तव्यमा नगरपालिकाका लागि आवश्यक जग्गा खरिद र सार्वजनिक भवनहरुको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।  नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८३’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.