धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

धादिङ : कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती प्रदेश-००१ ज ०४२९ नम्बरको इभी माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा माइक्रोबसमा सवार १५ जनामध्ये ८ जना यात्रु घाइते भएका हुन् । घाइते माइक्रोबसका १ जना यात्रुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको मिश्रले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.