‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो भोयाजो नेपाल

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो भोयाजो नेपाल
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानमा भोयाजो नेपाल प्रालि जोडिएको छ । मंगलबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानको मार्केटिङ संयोजक सुधा भुजेलले र भोयाजो नेपाल प्रालिका मार्केटिङ हेड रोशनी खड्काले हस्ताक्षर गरे । भोयाजो नेपालले उत्कृष्ट यात्रा प्याकेज निर्माण गरि विदेशी पर्यटक भित्राउने काम गरिरहेको छ । साथै डिजिटल मार्केटिङ जानेका व्यक्तिहरूलाई अफिलिएट मार्केटिङको प्रयोग गरेर विदेशी पर्यटकहरूलाई नेपाल घुम्ने प्याकेज बिक्री गरि अतिरित्त आर्यआर्जन गर्ने प्लेटफर्म पनि प्रदान गर्दछ ।

‘नेपालका घुम्नका लागि संसारको सुन्दर देश हो । सबै मिलेर पर्यटन प्रवर्द्धनमा लागे मुलुकको आर्थिक विकास छिट्टै हुनेछ,'भोयाजो नेपाल प्रालिका संस्थापक सिईओ गौरव बिष्टले ‘यसका लागि संसारभरका पर्यटकलाई नेपाल भित्राउनका लागि हामीले प्याकेज बनाएर बिक्री गर्दै आइरहेका छौं । यो अभियानबाट पक्कै पनि थप सहयोग पुग्नेछ।'

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.