सेयर बजार १११ अंकले घटयो, नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो

सेयर बजार १११ अंकले घटयो, नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो

काठमाडौं : साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बन्द भएको छ। नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.४० प्रतिशतले घटेर ४९६.४७ विन्दुमा पुगेको छ।

यसदिन ३३० स्क्रिप्सको ४ करोड ३८ लाख  ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँमा कारोबार भए। उच्च अंकले घटेर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। तारागाँउ रिजेन्सी होटल,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोलती पावरको सेयर १० प्रतिशतले बढेको हो। 

थ्री स्टार हाइड्रोपावरको सेयर ९.८१ प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको सेयर ९.४५ प्रतिशतले बढ्यो। यसदिन ६५ अर्बको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

अपी पावरको ५१ अर्ब मूल्यको सेयर कारोबार हुँदा  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ४५ करोड,नेपाल फाइनान्सको ४१ करोड र नेपाल इन्फ्रास्टक्चर बैंकको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

होटल्स एन्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले घट्यो। कारोबारमा आएका स्टक्समध्ये २० वटाको मूल्य बढ्दा २२३ वटाको घट्यो भने १ स्टक्सको मूल्य भने स्थिर रह्यो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.