३५१ केजी गाँजासहित युवक पक्राउ

३५१ केजी गाँजासहित युवक पक्राउ

धरान : सुनसरी विभिन्न स्थानबाट ३ सय ५१ केजी गाँजासहित एकजना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका-१३, आँपगाछीस्थित कोशी लोकमार्गबाट १५ केजी गाँजासहित धनकुटा नगरपालिका-७ का २२ वर्षीय सन्देश राई पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार गाडीमा लुकाई छिपाई ल्याएको गाँजासहित युवक पक्राउ गरिएको हो। 

प्रहरीको टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको को १ ख २०९६ नम्बरको हायस भेन (सार्वजनिक यातायात)लाई रोकी सवार यात्रुहरूको सामान चेकजाँच गर्दा युवक पक्राउ परेका हुन्। 

सुनसरीको कोशी गाउपालिका-८ को हरिपुरमा एचाआर २६ बी ०९९०४ नम्बरको भारतीय स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ३३६ केजी गाँजासहित गाडी नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए। चेकजाँच गर्ने क्रममा गाडी चालक फरार भएकाले उनको पहिचान गरी खोजी भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.