मुस्ताङको बोक्सी खोलामा पुनः हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

मुस्ताङको बोक्सी खोलामा पुनः हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै
सुन्नुहोस्

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सीखोला माथिको लेंकमा पुनः हिमपहिरो गएको छ। हिमपहिरो साँझ ६ बजेतिर गएको  प्रत्यक्षदर्शी कुमार अनुरागीले बताए।

थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले थासाङको बोक्सी खोला माथि पुनः हिमपहिरो गएको पुष्टि गरे। ‘हिमपहिरो गएको सूचना प्राप्त भएको छ, हिमपहिरो कति ठूलो हो वा पुरानै थुप्रिएको हिमपहिरो हो एकिन भइसकेको छैन,’ प्रजिअ पन्तले भने, ‘हामीले हिमपहिरोको सूचना पाएसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली हिमपहिरो खसेको स्थानमा पठाएका छौं। प्रजिअ पन्तले सुरक्षाकर्मी हिमपहिरो गएको स्थानमा पुगेपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने बताए।

थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले थासाङको बोक्सी खोला लेंक माथि फेरि नयाँ हिमपहिरो खसेको जानकारी दिए। प्रशासकीय अधिकृत अधिकारीले यसअघि भदौ गते दिउँसो खसेको हिमपहिरो साविक स्थानमा जमेर बसेको भएपनि अहिले साँझ खसेको नयाँ हिमपहिरो त्यसको निकै तलसम्म झरेको उल्लेख गरे। ‘साविककै स्थानमा अहिले साँझ फेरी हिमपहिरो गयो, पहिलाको भन्दा यसपटकको हिमपहिरो केही ठूलो खसेको छ , हामीले बोक्सी खोला आसपासका ९ घरधुरीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेका छौं।’

थासाङ-२ का वडाध्यक्ष धौलागिरी फेदबाट फेरी हिमपहिरो खसेको र त्यसले खोलामा पानी बग्न बन्द भएको जानकारी दिए। ‘सुरक्षाकर्मी यहाँ आइपुगेका छन् ,हामीहरू पनि यही छौं, वडाध्यक्ष शेरचनले भने, बस्तीका नागरिकलाई सुरक्षित गन्तव्यमा लैजाने तयारीमा छौं , यस्तोमा सानो हेलचक्राई ठूलो विपत्ति आइलाग्न सक्छ।

यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा  हिमालको फेदबाट हिमपहिरो खसेको थियो। थासाङको उक्त क्षेत्रमा पटक पटक हिमपहिरो खस्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.