धुलिखेल नगरपालिकाले पायो स्वस्थ सहरको मान्यता, जित्यो ५ हजार डलर

धुलिखेल नगरपालिकाले पायो स्वस्थ सहरको मान्यता, जित्यो ५ हजार डलर
सुन्नुहोस्

काठमाडौं : धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ सहर बनेको छ। सूचकांकमा दोस्रो लेभल प्राप्त गरेपछि विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिकालाई स्वस्थ सहर घोषणा गरेको हो। यससँगै धुलिखेल नगरपालिकाले ५ हजार डलर राशिको पुरस्कार पाउने भएको छ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठका अनुसार विश्व स्वास्थ्य संगठनले मंगलबार उक्त घोषणा गरेको हो। दक्षिण एसियामा भारतको पुणे र नेपालको धुलिखेल नगरपालिकाले उक्त मान्यता हो। विश्व स्वास्थ्य संगठनले तोकेको विभिन्न मापदण्ड नगरपालिकाले पूरा गरेपछि उक्त मान्यता पाएको मेयर श्रेष्ठले बताए। 

'विश्व स्वास्थ्य संगठनले धेरै मापदण्ड तोकेको छ। उक्त मापदण्ड पूरा गर्नेले मात्रै यो मान्यता पाउने गरेको छ। नेपालमै पहिलोपटक धुलिखेल नगरपालिकाले यस्तो मान्यता पाएको छ,' अन्नपूर्णसँग उनले भने।

धुलिखेल नगरपालिकाले अपनाएको स्वास्थ क्षेत्रको नीतिगत सुधार, स्वास्थ क्षेत्रको दिगो विकासको लक्ष, वातावरणीय सुधार, गरिब जनतामा स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार र स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले स्वस्थ सहरको मान्यता दिएको हो।

'अब धुलिखेल नगरपालिले विश्व स्वास्थ संगठनमार्फत सर्ने-नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ, दलित र गरिब जन समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि सहरी स्वास्थ्य सुशासनमा काम गर्नु पर्नेछ,' मेयर श्रेष्ठले भने। नगरपालिकाले अपांगता, स्वच्छ खानेपानी, वातावरणीय प्रभावको न्युनीकरण, सामुदायिक स्वास्थ्य, स्वास्थ्यमा डिजिटल अभिलेख तयार गरी कार्य गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.