धादिङमा स्तन क्यान्सरको जाँच गर्न मेमोग्राम सेवा सञ्चालन

धादिङमा स्तन क्यान्सरको जाँच गर्न मेमोग्राम सेवा सञ्चालन
सुन्नुहोस्

धादिङ : धादिङ अस्पतालले मेमो ग्राम सेवा सञ्चालनमा ल्याएको हो।

 
मेमोग्राम चालीस वर्ष नाघेका महिलाहरूमा देखिने स्तन क्यान्सरको प्रारम्भिक जाँचको गर्ने एक विधिमा प्रयोग हुने उपकरण हो। सो सेवाको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन्। 

मंगलबारदेखि नै बिरामीको जाँचसमेत सुरु गरिएको छ। कार्यक्रममा मन्त्री थापा मगरले प्रदेशको जनताको स्वास्थ्य प्रति सरकार उत्तरदायी रहेको बताउँदै जति सक्दो जिल्ला अस्पतालहरूमा सेवा विस्तार गर्ने बताएका छन्। 

विश्वमा क्यान्सरका कारण वर्षेनी ९ लाख बढीले ज्यान गुमाउने गरेको विश्व स्थास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ। नेपालमा पनि क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढ्दो छ।

कार्क्रममा स्वास्थ्यकर्मीहरुले स्तन क्यान्सरका कारण र यसबाट जोगिने उपाय सुझाएका थिए। रगतले नाता जोडिएका परिवारका सदस्यलाई यो रोग भएको खण्डमा सन्ततिलाई पनि लाग्न सक्ने जोखिम रहने चिकित्सकहरुले बताएका छन्।

स्तन क्यान्सरका लक्षणहरू 

स्तन वा काखीमा गाँठो हुनु सबैभन्दा बढी देखिने लक्षण रहेको स्वास्थ्कर्मीको भनाइ छ। सबै गाँठा क्यान्सर नहुने तर क्यान्सर हैन भनेर छुट्याउनु चाहिँ जरुरी रहेको  अस्पतालका डाक्टर दिनेश रेग्मीले बताए। 

महिनावारीसँगै गाँठो सानो–ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तनभन्दा बढी कडा हुनु, बाहिर छाला वा भित्र मासुसँग जोडिएको जस्तो महशुस हुनु, स्तनको आकार बिग्रिनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रिनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सरतर्फ संकेत गर्ने चिकित्सकको भनाइ छ। 

त्यस्तै धेरै विकसित भइसकेको स्तन क्यान्सरमा हड्डी जोर्नीहरु दुख्ने, अस्वभाविक तौल कम हुने, शरीरमा बिलिरुबिनको मात्रा बढेर जन्डिस भएर आँखा तथा छालामा पहेंलोपना आउने, खानामा रुची नहुने, कमजोरी हुने जस्ता लक्षणहरु पनि देखिने उनको भनाइ छ।

कसरी बच्ने ? 

स्तन क्यान्सरको विषयमा महिला आफैंले आफ्नो स्तन चेकजाँच गर्ने, कुनै गाँठागुठी देखिएमा तत्काल चिकित्सकसँग परामर्श लिनुपर्ने, खानपिनमा ध्यान दिनुपर्ने, चुरोट, मासुको सेकुवा तथा अल्कोहल कममात्र खाने गरेमा यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन्। 

नियमित व्यायाम गर्ने तथा विवाहित महिलाले बच्चालाई स्तनपान गराउने हो भने पनि यो रोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.