पहिरोमा बेपत्ता भएका थप दुई जनाको शव फेला, मृतकको संख्या ८ पुग्यो

दुई जना अझै बेपत्ता

पहिरोमा बेपत्ता भएका थप दुई जनाको शव फेला, मृतकको संख्या ८ पुग्यो
सुन्नुहोस्

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ। शनिबार रातिको अविरल बर्षासँगै आएको पहिरोले पुरिएको अवस्थामा ६ जनाको शव फेला पर्नुका साथै ४ जना बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बेपत्ता भएकी बिन्दा पहरीको शवलाई मंगलबार  खोला किनारमा फेला पारिएको हो।  उनलाई सुनापती गाउँपालिका खानिखोलास्थितमा खोलाको किनारमा झ्याँसमाथि फेला परेको हो। प्रहरीका अनुसार खोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको भन्ने खबर प्राप्त भए पश्चात हेर्दा बेपत्ता रहेकी उनकै हो भनेर निजको श्रीमान कुमार पहरीले खुट्टाको बुढीऔला बाङ्गो र  रातो नङ पालिसको आधारमा सनाखत भएको छ।

यसैगरी बेपत्ता भएकी पुड्की पहरीको शव सोमबार फेला परिको थियो। प्रहरी कार्यालयका  अनुसार आइतबार चण्डिका श्रेष्ठ, १८ महिने बालक आमुस श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको हो।

पहिरोमा परेका काले पहरी, झ्याउकिरी पहरी अझै बेपत्ता रहेका छन्। पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.