गौरा बिसर्जनका लागि परराष्ट्रमन्त्री राणा धनगढीमा

गौरा बिसर्जनका लागि परराष्ट्रमन्त्री राणा धनगढीमा
सुन्नुहोस्

धनगढी : परराष्ट्रमन्त्री भएपछि पहिलो पटक धनगढी आएकी आरजु राणा देउवालाई कार्यकर्ताहरूले भब्य स्वागत गरेका छन्। बुधबार विहान धनगढी विमानस्थलममा कार्यकर्ताहरूको ठूलो भीड लागेको थियो।

कांग्रेस एमालेको गठबन्धनको सरकारमा शक्तिशाली मन्त्री बनेपछि उनको धनगढीमा भब्य स्वागत गरिएको हो। धनगढी विमानस्थल पुगेका नेता कार्यकर्ताहरूलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

मोटरसाइकल र कारमा पुगेका कार्यकर्ताहरूले नाराबाजी गर्दै परराष्ट्रमन्त्री देउवालाई विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म र्‍याली गरेर पुगाएका थिए। 

मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।

मन्त्री राणा धनगढीस्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आएकी हुन्। आरजुले हरेक वर्ष धनगढीस्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउदै आएकी छन्। विमानस्थलबाट आफ्नो निवास पुगेकी देउवाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरी गौरा बिसर्जन गरेकी छन्।

पञ्चमीदेखि सुदूरपश्चिमका हरेक घरमा विरुडा भिजाएर गौराको औपचारिक सुरुवात गरिन्छ। विरुडा भिजाउने र धुने कार्य उनका आफन्तहरूले गरे पनि बिसर्जनका लागि भने देउवा आफैं आएकी हुन्। 

मन्त्री राणाले गौराको पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गौरा पर्वले सामाजिक एकता र भाइचाराको सम्बन्ध स्थापित गरेको बताइन्। ‘गौरामा परम्परागत गीत खेल्दा या देउडा खेल्दा एक आपसमा हात जोडेर खेलिने हुँदा त्यसले नै सामाजिक एकतालाई जोडेको आभास गराउँछ,’ उनले भनिन्।

उनी हरेक वर्ष गौरा मनाउन धनगढीस्थित घरमा आउने गरेकी छन्। ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौं। यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएकी हुँ,’ देउवाले भनिन्।

२०७४ सालको निर्वाचनमा उनलाई पर्यटक उमेदवारको आरोप लागेपछि उनले अहिलेका धनगढीका मेयर गोपाल हमालको घर किनेकी थिइन। त्यसपछि देउवा हरेक वर्ष गौराको अवसरमा धनगढी आउने गर्छिन्। शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उनले भनिन्, ‘कार्य व्यस्तताका कारण यसपटक गौरा मनाउन ढिलो गरी धनगढी पुगेँ।’ शनिबार देउवा निवासको गेटमा बम फेला परेको थियो। त्यसैले बुधबार उनलाई कडा सुरक्षाकाबीच धनगढी ल्याइएको थियो।

आरजुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, एसपी पदमबहादुर विष्ट सहितका सुरक्षाअधिकारी विमानस्थलनै पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.