ग्राहकको रोजाइ बीवाईडी नै

अटो उत्सव

ग्राहकको रोजाइ बीवाईडी नै

नेपाली बजारमा ईभीतर्फ चिनियाँ ब्रान्डको वर्चस्व छ। त्यसमा पनि ग्लोबल ब्रान्डको रूपमा बीवाईडी रहेको छ।

फेब्रुअरी १९९५ मा स्थापित, बीबाईडी एक उच्च–टेक कम्पनी हो। स्थापनाको २० वर्षको अवधिमा बीबाईडीले ६ महाद्वीपहरूमा ३० भन्दा बढी औद्योगिक पार्कहरू स्थापना गरेको छ। इलेक्ट्रोनिक्स, अटो, नयाँ ऊर्जा र रेल ट्रान्जिटसँग सम्बन्धित उद्योगहरूमा महत्र्वपूर्ण भूमिका खेलेको छ। नेपालमा यसको आधिकारिक बिक्रेता सिम्याक्स प्राइभेट लिमिटेड रहेको छ। नेपाली बजारमा बीबाईडीको आक्रामक बिक्री भइरहेको छ। यसै सन्दर्भमा बीबाईडी नेपालका नेसनल सेल्स हेड आशुतोष गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ।


अरू विद्युतीय सवारीसाधनभन्दा बीवाईडी गाडीलाई नै रोज्नुपर्ने कारण के के हुन् ? 

नेपाली बजारमा ईभीतर्फ चिनियाँ ब्रान्डको वर्चस्व छ। अझ त्यसमा पनि ग्लोबल ब्रान्डको रूपमा बीवाईडी रहेको छ। ७० भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको बीवाईडीको नेपालमा पनि बजार एकदम राम्रो छ। प्रोडक्ड विश्वव्यापी भइसकेपछि विश्वास गर्ने आधार बढ्छ। यस्तै, यसमा प्रयोग भइरहेको ब्लेड ब्याट्री प्रविधि विश्वमा नै सुरक्षितमध्येको एक हो।

अर्को भनेको ई–प्लाटफर्म थ्री पोइन्ट जिरो पनि प्रयोग भइरहेको छ। यसले गर्दा हामी अरू उत्पादनभन्दा २–३ जेनेरेसन अघि छौं। अहिले विवाइडीका ४ देखि ५ हजार गाडीहरू सडकमा देख्न सकिन्छ। सेल्स नेटवर्क र सर्भिस आउटलेटमा पनि अरू प्रतिस्पर्धीभन्दा धेरै नै अघि छौं। सम्भवत :  प्यासेन्जर कारमा सबैभन्दा धेरै चार्जिङ नेटवर्क हाम्रै होला। अहिलेसम्म नेपालभरि ३३ वटा फास्ट चार्जिङ नेटवर्क रहेको छ। आगामी दसैंसम्म २० वटा थप्दै छौं। यी सबै कारणले बीवाईडी अहिले ग्राहकहरूले रुचाइरहेका छन्।

सेवा र मर्मतसम्भारका हिसाबले विद्युतीय सवारीसाधनको बढ्दो मागलाई टेवा पुर्‍याउने बीबाईडी नेपालको योजना के छ ? 
प्यासेन्जर कारको ईभी सेगमेन्टमा हाम्रो नै सबैभन्दा बढी चार्जिङ स्टेसन छ। भन्नुको मतलव हामी ‘आफ्टर सेल्स सर्भिस’ मा पनि उत्तिकै जवाफदेही छौं भन्ने देखाउँछ।

यस्तै सर्भिस सेन्टरहरू पनि पर्याप्त मात्रामा छन्। यही कारणले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ग्राहकहरूले गाडी जहाँ लगे पनि सर्भिस सुविधा सबै ठाउँमा उपलब्ध छ। आउने दिनहरूमा भक्तपुर, बनेपा र कलंकीदेखि धुम्बराहीको बीचमा गरी तीन सर्भिस सेन्टर थप्ने योजना छ। 

यसको ब्याट्री कत्तिको टिकाउ छ ? ब्लेड ब्याट्रीको आकर्षण के हो ? 
बीबाईडीले दिने ब्याट्रीमा वारेन्टीहरू अरूको भन्दा बढी छ। हामीले आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरको ब्याट्री वारेन्टी दिएका छौं। आठ वर्षको अन्त्यमा पनि ब्याट्रीको हेल्थ कम्तीमा ७० प्रतिशत हुनुपर्ने भन्ने छ। यो ग्यारेन्टी नेपाली बजारमा हामीले मात्र भन्न सक्छौं जस्तो लाग्छ।

ब्याट्रीमा चार्जिङ लाइफ साइकल भन्ने हुन्छ। अरू ब्याट्रीहरूको लाइफ साइकल ७ सय देखि १२ सय लाइफ साइकल हुन्छ भने बीबाईडीको ब्लेड ब्याट्रीको लाइफ साइकल कम्तीमा ३ हजार हुन्छ। यसकारण हामी अरु भन्दा ३ देखि ४ गुणा बढी लाइफ साइकल दिन सक्छौं। यहाँ ‘जिरो टु हन्डरेड र हन्डरेड टु जिरो’ भयो भने ‘वान लाइफ साइकल’ हुन्छ। 

ग्राहकहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 

हामीसँग अहिले भएकोमा बीबाईडी ‘एटो थ्री’ र ‘डल्फिन’ बजारमा बढी रुचाइएको पाइन्छ। गत वर्ष बीबाईडीमात्र यस्तो कम्पनी थियोे, जसले १ हजारभन्दा बढी गाडी बिक्री गर्न सकेको थियो। गत वर्ष हामीले ३ भेरियन्ट ल्याएका थियौं। डल्फिन, एटो थ्री एड्भान्स र सुपरियरको बजारमा बिक्री उत्साहजनक भएको थियो।

बीबाईडीले दिने ब्याट्रीमा वारेन्टीहरू अरूको भन्दा बढी छ। हामीले आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरको ब्याट्री वारेन्टी दिएका छौं।

अब बीबाईडीले छिट्टै नै सेभेन सिटर गाडी एम सिक्स ल्याउँदै छौं। यसपछि हाम्रो अर्को योजना भनेको सर्भिस सेन्टरहरूको वृद्धि नै हो। काठमाडौं उपत्यकामा थप ३ सर्भिस सेन्टर र दसैंसम्म थप २० फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने योजना छ। सन् २०२४ को अन्त्यसम्म फास्ट चार्जिङ स्टेसन झन्डै १०० पुर्‍याउने योजना छ। 

इलेक्ट्रिक मोबिलिटीको भविष्यका लागि बीबाईडीको दृष्टिकोण के हो र कम्पनीले यस भिजनमा कसरी योगदान गर्ने योजना बनाएको छ ? 
पुरानो आईसिई भेहिकल (पेट्रोलियम पदार्थबाट चल्ने) बाट प्रतिस्थापन गर्दै न्यु इनर्जी भेहिकलमा जानैपर्छ। यसमा आजको दिनमा सबैभन्दा अघि ईभी छ। प्रविधिको पनि त्यहीअनुसारले विकास भइरहेको छ। हामी चार्जिङ नेटवर्कमा सहभागी छौं। सर्भिस सेन्टरहरू बनाउँदै छौं। भएका सर्भिस सेन्टरहरूलाई अपग्रेड पनि गरिरहेका छौं।

दक्ष कामदारलाई तालिम दिइरहेका छौं। यसले पनि हाम्रो फोकस देखाउँछ। यसका साथै भर्खरै हामीले काठमाडौं विश्वविद्यालय (केयू)सँग सम्झौता पनि गरेका छौं। केयूका विद्यार्थीले बीबाईडीमा इन्टर्नको रूपमा काम गर्न सक्नेछन्। त्यो इन्टर्नसिप चीन, भारत वा नेपालमा पनि हुन सक्छ। 

नेपालमा ईभीको बजारलाई कसरी मूल्यांकन गर्न सकिन्छ ? कस्ता किसिमका ईभी गाडीमा ग्राहकको आकर्षण बढी पाइन्छ ? 
पाँच वर्षयता नेपालमा गाडीको बजार भनेको वार्षिक करिब १५ हजार हाराहारी हो। जसमा गत आर्थिक वर्षमा ईभीको हिस्सा करिब ७० प्रतिशत पुग्यो। यसरी हेर्दा पनि ईभीलाई ग्राहकहरूले एकदम रुचाउनु भएको छ। र, त्यसमा बीबाईडीलाई अझ धेरै मन पराउनु भएको छ।

ईभीमा बीबाईडीको योगदान करिब ३०–३५ प्रतिशत छ। नेपालको सन्दर्भमा ईभी नै हो भविष्यमा पनि। त्यहीअनुसार हामी कम्पनीहरूले पूर्वाधार पनि विकास गरिरहेका छौं। 

सरकारले लिएको नीति ईभीमैत्री छ कि छैन ? 
ईभीको मुख्य पूर्वाधार भनेको नै चार्जिङ स्टेसन हो। त्यसमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ भने सरकारले पनि लगानी गरेको छ। विद्युत् प्राधिकरणले थुप्रै फास्ट चार्जिङ स्टेसन बनाएको छ। तर, त्यति मात्र अहिलेको ईभीको बढ्दो मागलाई धान्न सक्दैन। यसका लागि सरकारको थप लगानी आवश्यक छ।

निजी क्षेत्रको एउटा सीमा हुन्छ लगानीको, त्यसका लागि सरकारले नै लगानी थप गर्नुपर्छ। यसले गर्दा ग्राहकहरूलाई झन् सजिलो हुन्थ्यो। यस्तै, सरकारले लिने नीति हरेक वर्ष नै परिवर्तन हुन्छ। यसले गर्दा हामीले पनि हाम्रा योजना एक वर्षका लागि मात्र बनाउन बाध्य छौं। अटोमा दीर्घकालीन योजना बनाएर अघि बढ्ने अवस्थाको सिर्जना गर्न सरकारले पनि दीर्घकालीन नीति बनाउनुपर्छ। एउटा स्थिर नीति आवश्यक छ।

यस वर्षको नाडा शोमा बीबाईडीले आफूलाई अन्य इलेक्ट्रिक भेहिकल ब्रान्डभन्दा कसरी फरक बनाउने योजना बनाएको छ ? 

अटो शोमा आकर्षक स्टल नै हाम्रो छ। ग्राहकका लागि ई–प्लाटफर्म थ्री पोइन्ट वोको बारेमा शोमा जानकारी दिन्छौं। यसो हुँदा ग्राहकहरूले अटो शोमा आएर त्यो हेर्दिनु भयो भने उहाँहरूलाई विश्वास बढ्छ। उहाँहरूलाई के हो बीबाईडी प्रविधि भनेको थाहा हुन्छ। यस्तै नाडामा बुकिङ गर्ने ग्राहकहरूलाई बृहत् रूपमा अटो प्लस इन्स्योरेन्स र थप २.३ किलोवाट पोर्टेबल चार्जर दिन्छौं। गाडी किन्दा नै ७ किलोवाटको चार्जर पहिला नै दिने गरिएको छ।

साथै, नाडामा बुकिङ गर्ने ग्राहकहरूलाई बीबाईडी एप पनि नि : शुल्क उपलब्ध गराउँछौं। त्यसमा १० वर्षसम्मको तथ्यांक लोड गरिएको छ। सामान्यतया यो एपको करिब ८० हजार पर्छ। यो एपको विशेषता भनेको गाडीलाई रिमोर्टली नै चलाउन सकिन्छ। एपबाट नै गाडीका सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ र त्यसलाई नियन्त्रण गर्न सकिन्छ। नेपालमा यस्तो एप आउने गाडीमा बीबाईडी ब्रान्ड मात्र होला जस्तो लाग्छ।

ईभी गाडी किन्ने ग्राहकहरूलाई केही सुझाव छ कि ? 

नाडामा आउँदै हुनुहुन्छ र अझ विद्युतीय गाडी (ईभी) किन्दै हुनुहुन्छ भने ग्राहकहरूले त्यो गाडी प्रयोग हुने ब्याट्रीको गुणस्तर हेर्नुपर्छ। कुन प्लाटफर्ममा गाडी बनेको बुझ्नुपर्छ, चार्जिङ नेटवर्क कति छ र आफ्टर सेल्स सर्भिसका लागि काठमाडौं र बाहिर कति सर्भिस सेन्टर छन् भन्ने कुरा हेर्न आवश्यक छ। बीबाईडी नै किन्नुपर्छ भन्ने छैन। ग्राहकहरूले मेहनत गरेर कमाएको पैसाले जस्तो पायो त्यस्तै गाडीमा लगानी गर्नुभन्दा पनि ईभी किन्दा ती कुरामा ध्यान दिन जरुरी छ। 

प्रस्तुति  : सुनिता कार्की


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.