‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो बेथानचोक आरडिआर

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो बेथानचोक आरडिआर

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा  बेथानचोक आरडिआर कृषि तथा पशुपालन फर्म प्रालि जोडिएको छ । 

बिहीबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’अन्नपूर्ण मिडिया नेटवर्कका सिनियर मार्केटिङ म्यानेजर बिनोद कोइराला  र बेथानचोक आरडिआर कृषि तथा पशुपालन फर्म प्रालिका प्रोपाइटर देवराज घिमिरे,सञ्चालक रुपेश पाख्रिन,रोशन दाहालले हस्ताक्षर गरे ।  

युवाहरूले सञ्चालन गरिरहेका बेथानचोक आरडिआर कृषि तथा पशुपालन फर्म प्रालिले पशुपालन गरिरहेको छ । पशुपालनको माध्यमबाट काभ्रेको बेथानचोक वडा.न १ स्थित च्य्राम्राङबेसी थलागाउँमा स्थानीय युवाहरूलाई फर्ममार्फत् रोजगारी समेत प्रदान गरिरहेको छ ।  फर्मबाट उत्पादित दूधलाई बिक्री वितरणसहित मिठाइका लागि खुवा बनाइरहेको छ ।

‘हामीहरूको लागि यो अभियान सकारात्मक छ,'बेथानचोक आरडिआर कृषि तथा पशुपालन फर्म प्रालिका प्रोपाइटर देवराज घिमिरेले भने, ‘यो अभियानले हामीजस्ता युवाहरूलाई मुलुकमै काम गर्ने वातावरण निर्माण गर्न सघाउँछ ।’

यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.