बाँकेमा बस दुर्घटना: दुईको मृत्यु,२७ जना घाइते

बाँकेमा बस दुर्घटना: दुईको मृत्यु,२७ जना घाइते
सांकेतिक तस्बिर।

नेपालगन्ज : बाँकेमा बस दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएको जानकारी दिए। 

घाइतेहरूको उद्धार गरी नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर-नेपालगञ्ज सडकखण्डको जानकी गाउँपालिका-६ कोठारपुरमा बिहीबार बिहान दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.