एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको एक मन्त्रीले बताए।
सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो। एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउनुपर्ने छ। किस्ताहरू तिर्दा दस प्रतिशत ब्याज लिने निर्णयसमेत सरकारले गरेको छ। एनसेलले एकपटकमा झन्डै २५ करोड हराहारी नवीकरण शुल्क तिर्नुपर्ने भएको स्रोतले जानकारी दियो।