चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु, एक घाइते

चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु, एक घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

धरान : सुनसरीको कोशी गाउपलिका-४ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । शुक्रवार बिहान लागेको चट्याङले स्थानीय १८ वर्षीय अक्रम मियाको मृत्यु  भएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए । 

उनका अनुसार अर्का ५० वर्षीय हबिस अन्सारी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

बिहीवार दिउँसोदेखि परेको वर्षाका कारण धरान-११ को खहरे खोलाले बगाएर १४ वर्षीय बालक रोशन लिम्बुको मृत्यु भएको छ । त्यस्तै वर्षाले धरान-धनकुटा सडकमा पहिरो गइ अवरुद्ध हुँदा यातायातका सधन सञ्चालन हुन सकेका छैन । 

पहिरोले सुनसरीको प्रमुख धार्मीक स्थल बराहक्षेत्र मन्दिर जाने बाटोमा पनि अवरोध पुगेको एसपी रेग्मीले बताए । दुबै स्थानमा प्रहरी परिचालन गरि बाटो खुलाउने काम भैरहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.