नेपालमा ५८ वटा देशको वैदेशिक लगानी,सबैभन्दा बढी भारतको

नेपालमा ५८ वटा देशको वैदेशिक लगानी,सबैभन्दा बढी भारतको
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन-२०७९/८० सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५८.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको उल्लेख छ।

प्रतिवेदनका अनुसार औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २८५.४ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

नेपालमा आर्थिक वर्ष २०७५ / ८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भइ २८५ अर्ब ५० करोड कायम रहेको प्रतिवेदनले देखाएको छ।  कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।

यसैगरी २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले औंल्याएको छ।  जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् १०३ अर्ब ४५ करोड (३५ प्रतिशत), चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत),आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत),अष्ट्रेलियाबाट १८ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५८.७ प्रतिशत रहेको छ। गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख  छ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल ११.६१ प्रतिशत रहेको छ। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी  प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुऱ्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा प्रतिवेदन सार्वजनिक गर्दै  आएको छ।

आर्थिक वर्ष २०७०/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ तथा अन्य विवरणको विश्लेषणका आधारमा 'प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८ / ८०'तयार पारेको विभागले  जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.