जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्यो : रवि लामिछाने

जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्यो : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन्।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका विषयलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताए। 

उनले हदम्यादको विरुद्ध जनताले उठाएका विषयलाई आफूहरूले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरे। ऐनमा स्पष्ट भएका विषयलाई मन्त्रिपरिषद्‍बाट पारित गराइ हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उनले बताए।

यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले विधेयकमाथिको अन्य नीतिगत कुरामा पनि निरन्तर रास्वपाको खबरदारी रहने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.