आकाशलाई हेरेर
उहिले–उहिले मानिसले रचेका
वसन्तमा पलाएका भोर्लाका पातहरूबाट
सायद बनेको थियो कि ‘आकाश’ !
अथवा, कुनै शुभ–बिहानीमा
चराले गीत गाउँदा बनेको थियो कि ‘पृथ्वी’ !
हेर्नु न—
त्यसको सनक
त्यसको काया !
कुरु क्षेत्रमा लावारिस
पुरानो रथ चढेर जान तयार
के ती नयाँ ईश्वरहरू त होइनन् ?