प्रचण्डलाई ओलीको जवाफ- मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने?

प्रचण्डलाई ओलीको जवाफ- मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने?
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले चर्को स्वरमा बोल्दैमा आफूले खुट्टा नकमाउने बताए।

'हिजोतिर हो कि प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दैथिए। मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने?,' प्रधानमन्त्री ओलीले भने। उनले चर्को स्वरमा बोल्ले प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने बताए। 

उनले नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै बंगलादेशमा जे भयो त्यही भइनहाल्ने बताए। 'बंगलादेशमा जे भयो नेपालमा त्यही नेपालमा हुँदैन। नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। नेपालको आफ्नै संस्कृति र पहिचान छ,' उनले भने।

उनले लोकतन्त्र आफूहरूले लडेर ल्याएको र संविधान पनि आफूहरूकै पहलमा बनेको बताए। 'लोकतन्त्र हामीले लडेर ल्याएका हौं। अहिलेको संविधान हामीले लेखेका हौं। यो प्रणाली हामीले ल्याएका हौं। जनताको अधिकार सुनिश्चित गर्न यसलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौं,' ओलीले भने। उनले लोकतन्त्रविरुद्ध आवज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप लगाए।  

त्यस्तै प्रधानमन्त्री ओलीले आफू ६ दसकदेखि देश बनाउने अभियानमा लागेको र देशको सम्पत्तिमा लोभ नगरेको बताए। 'मैले आर्जन गरेकोबाहेक अरु सम्पत्तिमा लोभ गरेको छैन। न म भ्रष्टाचार गर्छु, न गर्न दिन्छु,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.