नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु
बाँके : बाँकेको नरैनापुरमा झाडापखालाबाट चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट रुसा पासी, छोरी नन्दनी पासी, शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले जानकारी दिए ।
झाडा पखालाबाट सातजना बिरामी परेका छन् ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गेगलीमा झाडापखाला फैलिएको झाडा पखालाबाट बिरामी भएकाको उपचार गर्न आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगिसकेको जानकारी दिए । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने उनको भनाइ छ ।