ललिता निवास किर्ते प्रकरण : पूर्वमन्त्री जोशीसँग धरौटी माग
काठमाडौं : जिल्ला अदालत काठमाडौंले ललिता निवास किर्ते प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग ३ लाख ३० हजार धरौटी माग गरेको छ।
न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले जोशीसँग ३ लाख ३० हजार रुपैयाँ धरौटी मागेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) जोशी लगायत ३१२ जना विरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
- यसअघि विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वमन्त्री जोशीलाई सफाइ दिएको थियो।
- सीआईबीले जोशी लगायत ३१२ विरुद्घ सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
जोशीमाथि २०६० सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगाइएको छ। यसअघि विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वमन्त्री जोशीलाई सफाइ दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बदनियत नदेखिएको जनाउँदै विशेष अदालतले सफाइ दिएको हो।