कोशीका मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै

कोशीका मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवाद भएपछि मन्त्री अधिकारीले बुधबार नै राजीनामा दिने तयारी गरेका हुन्। मन्त्रालयमै केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गर्नेछन्। 

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ। तर, मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुगेर फर्किएको भनेर मन्त्री अधिकारीको आलोचना भइरहेको छ।  

जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको बताइन्छ। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा अधिकारी एमालेबाटै मन्त्री बनेका थिए।  विवादका कारण अधिकारी पद गुमाउने अवस्था आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.