सम्पर्कविहीन भएका रामेछापका ५८ वर्षीय तामाङले भेटे १५ वर्षपछि परिवार

सम्पर्कविहीन भएका रामेछापका ५८ वर्षीय तामाङले भेटे १५ वर्षपछि परिवार
तामाङको परिवार
सुन्नुहोस्

काठमाडौं : रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीका ५८ वर्षीय पदमबहादुर तामाङको १५ वर्षपछि परिवारमा पुनर्मिलन भएको छ। मुस्ताङको चैले भन्ने स्थानमा काम गर्दै आएका तामाङ १५ वर्षदेखि परिवारसँग भेटघाट नभएको निवेदन जिल्ला प्रहरी कार्यालय रामेछापमा श्रीमतीले दिएपछि खोजी गर्दा उनी फेला परेको प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।

उनका अनुसार तामाङकी श्रीमती चन्द्रमाला घर्ती मगरले भदौ १३ गते प्रहरीमा निवेदन दिएपश्चात खोजी गरिएको हो। उनी चार वर्षदेखि सम्पर्कबिहीन बनेका थिए। ‘श्रीमान मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएकोमा विगत अन्दाजी १५ वर्षदेखि परिवारसँग भेटघाट नभएको र झण्डै ४ वर्ष अघिदेखि पूर्ण रुपमा सम्पर्क विहीन भएकोमा उनले काम गर्ने स्थानमा गई बुझ्दा आफन्तको साथ लागेर ४ वर्ष अघि गएको जानकारी पाएको र खोजतलास गरी पाउँ भन्दै बागलुङको ढोरपाटन नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-६ लेक साईड डेरा गरी बस्ने तामाङको श्रीमती चन्द्रमाला घर्ती मगरले गत भदौ १३ गते यस कार्यालयमा निवेदन पेश गरेकी थिइन्।’ न्यौपानेले भने, ‘तत्काल यस कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरू समेतमा पत्राचार गरी निवेदकले लिखित तथा मौखिकको रुपमा बताएका सम्भावित व्यक्ति तथा स्थानको खोजतलास गर्दा १४ गते पत्ता लागेपछि सम्पर्कमा ल्याइएको हो।’

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी न्यौपानेका अनुसार शनिबार दिउँसो तामाङसँग निजको श्रीमती चन्द्र माला घर्तीमगर,छोरी दिलमाया पुन र छोराहरु प्रवेश तामाङ, सन्देश तामाङसँग स्थानीय बासी तथा जनप्रतिनिधि समेतको रोहवरमा १५ वर्ष पछी पुनर्मिलन गराएको हो।

पछिल्लो समय ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’को चर्चापछि परिवारले आफ्ना आफन्त खोजतलास गर्न थालेका छन्। भेटपछि परिवारमा खुसी छाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.