विद्यालयबाट हामफाल्दा छात्रा घाइते

विद्यालयबाट हामफाल्दा छात्रा घाइते
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयको दोस्रो तलाबाट हामफालेर सोमबार दिउँसो एक जना छात्रा घाइते भएकी छन्। 

सोही विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्राले दिउँसो ३ बजेतिर हामफालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। विराटनगर–१ घर भएकी छात्रा सुरुमा लडेको अनुमान गरिएको थियो। 

तर, पछि आफैं हामफालेको पत्ता लागेको डीएसपी बस्नेतले बताए। उनका अनुसार विद्यालयमा रहेको सीटी क्यामेरा फुटेजमा आफैंले हामफालेको देखिन्छ। अवस्था मध्यम रहेकी उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

ती छात्राले यसअघि पनि विद्यालयको माथिल्लो तलाबाट हाम फाल्ने प्रयास गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। यो विषयमा विद्यालयले अभिभावकलाई पनि जानकारी गराएको थियो। ‘छात्रामा केही मानसिक समस्या हो कि जस्तो देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.