आज यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध
काठमाडौं : आज बिहान कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बाग्मती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने छ।
आज राती पनि कोशी,मधेश,लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
भारी वर्षा हुने स्थानमा सम्भावित जोखिमबाट बच्न सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ।