सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। मंगलबार बिहान ६: ११ मा सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्प ४.२ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का भने कठमाडौंमा पनि महसुस गरिएको थियो।