चोरीको आरोपमा भारतीय नागरिक पक्राउ

चोरीको आरोपमा भारतीय नागरिक पक्राउ
चोरीको आरोपमा पक्राउ परेका महतो। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङजा  : हरिनास गाउँपालिका- २ स्थित एक सःमिलमा काम गर्ने ३० वर्षीय भारतीय नागरिक मनोजकुमार महतो चोरीको आरोपमा पक्राउ परेका छन्।  भदौ १४ गते पुछौदीस्थित होमिक्स सःमिल फर्निचर उद्योगका सञ्चालक बाकृष्ण सिग्देलकोमा काम गर्ने महतोले यसैसाता उद्योगमा रहेको जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर, साईजर मेसिन, डाइनामो, नट बोल्ट खोल्ने रिन्चिहरू चोरी गरी भागेको भन्ने उजुरीका आधारमा उनलाई खोजी गर्दा वीरगञ्जमा पक्राउ परेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। 

पर्सा जिल्लाको वीरगंज महानगरपालिका –१६ स्थित बसपार्कमा भोलिपल्टै सामानसहित उनलाई पक्राउगरी चोरी तथा डाकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रानाले बताए।  
भारतको विहार राज्यको बेतियाग्राम बस्ने महतोलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.