सञ्चारमन्त्रीको अभिव्यक्ति विवादमा, मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाउन सांसदहरूको माग


काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आइजीपीको जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सञ्चारमन्त्रीले केही दिन पहिला प्रहरीका आइजीपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताए। 

उनले मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोल्नुपर्ने भन्दै कटाक्ष गरे। यस विषयमा सदनमा जवाफ दिन उनले माग गरे। उनले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा चलेको भन्दै यसको जवाफ खोज्नुपर्ने उल्लेख गरे।

त्यस्तै रास्वपा सांसद मनिष झाले पनि जिब्रो थुत्नुपर्ने सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै वाक् स्वतन्त्रता विपरीत बोल्नु उचित नहुने बताए। उनले एमालेका अग्रजहरूले आफूहरूलाई सभ्यता सिकाउने गरेको भन्दै पहिला आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई सभ्यता सिकाउन सुझाव दिए।

उनले धनुषामा रामदेव मण्डल र आशा देवीले एक वर्षदेखि नागरिकताको प्रतिलिपि लिन जाँदा नपाएको र कर्मचारीले रेकर्ड नै फेला नपरेको जवाफ दिएको भन्दै प्रशासनको कमजोरीको मारमा सर्वसाधारणलाई नपार्न ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.