मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराध भएको बताएका छन्। मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसर शुभकामना दिँदै उनले मानव बेचबिखन तथा ओसारपसारकोस्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको बताएका हुन्।  

वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदार र मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको उनको भनाई छ।

‘मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराध हो। समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको छ। ‘नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगायका मुलुकहरुमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरु समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेका छन्।’

उनले बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरेका छन्। 
‘मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको उनको भनाई छ। सन्देशमा भनिएको छ, गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका अपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध छ।’

उनले मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरुको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको दाबी गरे। प्रधानन्त्री ओलीले मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबैलाई अझ क्रियाशील भएर अगाडि बढ्न थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.